इटहरी : इटहरीमा सोमबार ४० पिन्ट रगत संकलन भएको छ ।
नेपाल विद्युतीय प्राविधिक समूह प्रदेश १ को आयोजना तथा नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाको सहकार्यमा आयोजना भएको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको हो ।
नेपाल विद्युतीय प्राविधिक समूह प्रदेश १ का अध्यक्ष नवराज दाहालका अनुसार अहिले कोरोना महामारीका कारण रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
यसअघि पनि रक्तदान कार्यक्रमको आयोजना गरेको रेडक्रस इटहरी उपशाखाले रगत अभावका कारण कसैको पनि अकालमै ज्यान जान नदिनका लागि रक्तदान गरिएको रेडक्रस इटहरी उपशाखा सभापति विमल पौडेलले बताए ।














Discussion about this post