मोरङ : भारतबाट नेपाल छिरेको जङ्गली हात्तीसँग सेल्फी खिच्न खोज्दा त्यही हात्तीको आक्रमणमा परेर मोरङमा एकजनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट मोरङको सुनवर्षी नगरपालिका–८ कुरेलीमा आज (शुक्रबार) बिहान २१ वर्षीय मनोहर मियाँको मृत्यु भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार बिहान ७ बजेतिर हात्ती कुरेलीमा देखा परेको थियो । गाउँमा आएका बेला धपाउन भेला भएका स्थानीयले होहल्ला गर्न थालेपछि आक्रामक बनेको हात्तीले मनोहरलाई लछारेर घाइते बनाएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा बिहान ८ः४० बजेतिर मृत्यु भएको डीएसपी राईले बताए ।
वडाध्यक्ष नुरुल मियाँका अनुसार भेला भएका स्थानीयले होहल्ला गरेर हात्ती धपाउन खोजेका थिए । त्यस क्रममा भाग्न खोजेको हात्तीले नजिकै पुगेर फोटो खिच्न खोज्दा मनोहरमाथि आक्रमण गरेको उनको भनाइ छ ।
वडाध्यक्ष मियाँका अनुसार हात्तीबाट लगभग एक सय मिटरजति नजिक पुगेर मनोहरले फोटो लिन खोजेको पाइएको छ ।











Discussion about this post