इटहरी : प्रदेश १ मा थप २७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा ७२, लेटाङमा १३, बुढीगंगामा ६, मिक्लाजुङमा ४, सुन्दरहरैचामा २, रतुवामाई र कटहरीमा १–१ जना छन् ।
झापाको दमकमा ४३, भद्रपुरमा १४, विर्तामोडमा १३, कमल गाउँपालिकामा ३, मेचीनगर र शिवसताक्षीमा २–२, कनकाई, अर्जुनधारा, बाह्रदशी र स्थानीय तह नखुलेका १–१ जना छ्न ।
यस्तै, सुनसरीको धरानमा ४२, इटहरीमा २८, रामधुनीमा ५, इनरुवामा २ र स्थानीय तह नखुलेका ३, उदयपुरको बेलकामा २ र स्थानीय तह नखुलेका १ जना छन् भने धनकुटाको धनकुटा नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या १२ हजार २०६ रहेको छ ।














Discussion about this post