इटहरी : गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने सुनसरीका आशिष प्याकुरेलले राजस्व समेत छली गरेको पाइएको छ ।
सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ घर भएका २६ वर्षीय प्याकुरेललाई गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गरेको पुष्टि भएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा राजस्व समेत छली गरेको पाइएको प्रहरीले जनाएको छ ।
नक्कली ह्याण्ड सेनिटाइजर उत्पादन गरेको पुष्टि भएपछि प्याकुरेललाई पूर्पक्षका लागि जेल चलान गरिएको छ । प्याकुरेललाई ललितपुर जिल्ला अदालतले थुनछेक बहसबाट पूर्पक्षका लागि जेल चलान गरेको हो ।
अवैधानिक रुपमा चलाइरहेको र स्वास्थ्यको मापदण्ड विपरीत नक्कली सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ४ इमाडोल, शितल हाईटमा रहेको कारखानामा प्रहरीले छापा मारेको थियो ।
त्यस्तै, उनले सञ्चालन गरेको कारखानाबाट तयारी अवस्थामा रहेको सेनिटाइजर, सेनिटाइजर उत्पादनका लागि आवश्यक पर्ने कच्चा पद्धार्थ लगायतको सामाग्रीहरु पनि नियन्त्रणमा लिइएको थियो ।
उत्पादित सेनिटाइजर ल्याब टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यले जानकारी दिए । उनका अनुसार प्याकुरेलले लाइफ–लाइन ड्रप प्रा. लि. नामको कम्पनी चलाउदै आएका थिए ।
राजस्व कर छली गरेकाले थप अनुसन्धान गर्नुपर्ने भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि पूर्पक्षका लागि जेल चलान गरिएको बज्राचार्यले बताए ।
प्याकुरेलमाथि यसअघि महिला हिंसाको उजुरी परेकाले प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उनले आफ्नै श्रीमतीमाथि हिंसा गरेको भन्दै यसअघि गत वर्ष प्रहरीमा उजुरी परेको थियो ।
यो पनि – गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने सुनसरीका आशिष प्याकुरेल पक्राउ
Discussion about this post