इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४६१ र एन्टिजेन विधिबाट ४ हजार ९५३ गरी कुल १२ हजार ४१५ जनाको परीक्षण गर्दा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जनाले कोरोना जितेका छन् भने पछिल्लो तथ्यांकअनुसार ८१ जना मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ५२ जनाको २४ घण्टाको अवधिमा मृत्यु भएको हो भने अरु प्राप्त हुन बाँकी यसअघि कै तथ्यांक हो ।
हाल देशभर सक्रिय संक्रमित ५० हजार ५२० जना रहेका छन् ।














Discussion about this post