इटहरी : आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस परेको छ ।
संयुक्त राष्ट्रसंघको निर्णय अनुसार प्रत्येक वर्ष जुन २६ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । विश्व समुदायलाई लागूऔषधको ओसारपसार, कारोबार र सेवन एवं दुव्र्यसनबाट मुक्त गराउने उदेश्यले संयुक्त राष्ट्र संघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा यो दिवस मनाउने उल्लेख गरिएको हो ।
छोटो समयमा धेरै पैसा कमाउने उदेश्यले यसको कारोबार पनि हुने गरेको पाइएको छ ।
विश्वमा पछिल्लो समय लागूऔषधको कारोबार बढिरहेको पाइन्छ । लागूऔषधको असन्तुलित प्रयोगका कारण मात्रै विश्वमा प्रत्येक वर्ष एक लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ ।
भारतमा सन् २००१ मा गरिएको एउटा सर्भेक्षणले करिब सात करोड २५ लाख मानिसले लागूऔषध प्रयोग गरिरहेको देखाएको छ ।
Discussion about this post