इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २२७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यह अवधिमा ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन्
थपिएका संक्रमितमध्ये सुनसरीको धरानमा ७१, रामधुनी र दुहवीमा ३–३, बराहक्षेत्र, इनरुवा र स्थानीय तह नखुलेका १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, मोरङको विराटनगरमा ४१, पथरीशनिश्चरे र केराबारीमा १३–१३, मिक्लाजुङ र रतुवामाईमा ३–३, सुनबर्षीमा २, धनपालथान, बेलबारी र सुन्दरहरैँचामा १–१ जना छन् ।
झापाको दमकमा ९, भद्रपुरमा ८, हल्दिबारी, मेचीनगर र विर्तामोडमा ३–३, अर्जुनधारा र बा¥हदशीमा १–१ जना छन् । मन्त्रालयका अनुसार धनकुटाको धनकुटा नगरपालिकामा २ र छथरमा १ जना छन् ।
उता, उदयपुरको बेलका, उदयपुरगढी र स्थानीय तह नखुलेका १–१, ते¥हथुममा १ र र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार १९१ पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ६४९ रहेको छ ।
Discussion about this post