मोरङ : मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बाजारबाट मोटरसाइकल चोरीमा संलग्न दुईजना सहित १ थान मोटरसाइकल प्रहरीले नियन्त्रमा लिएको छ ।
शनिबार बिहान ६ बजेको समयमा मोटरसाइकल डोर्याउँदै आएका दुईजना देखेपछि इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रमुख प्रहरी नायब निरीक्षक देवेन्द्र फुयाँलसहितको टोलीले शंका लागेर केरकार गर्दा मोटरसाइकल चोरीको भएको प्रहरीले पुष्टि गरेको थियो ।
इलाका प्रहरी कार्यालय दमकको हुलियाका आधारमा संका लागि चेकजाँच गर्दा मोटरसाइकल चोरी गरी ल्याएको खुलेको थियो ।
दमक नगरपालिका वडा नं. ७ का राजु श्रेष्ठको घरमा पार्किङ गरी राखेको ठाउँबाट बजाजको को २७ प ९४३६ नं. को मोटरसाइकल चोरी भएको थियो ।
मोटरसाइकल चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का १९ वर्षीय मिलन कार्की र मिक्लाजुङ वडा नं. ९ का बर्ष १९ कै होमराज कन्दङ्वालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ ।
Discussion about this post