इटहरी : मोरङको कानेपोखरी लेटाङ सडक खण्डको जङ्गलमा शङ्कास्पद अवस्थामा इटहरीका एक पुरुषको शव फेला परेको छ ।
गलामा प्लास्टिकको डोरीले रुखमा पासो लगाई झण्डिएको अवस्थामा इटहरी १० का ३० वर्षीय उमेश मिश्रको शव भेटिएको हो । शुक्रबारदेखि उर्लाबारीबाट मोटरसाइकलसहित बेपत्ता भएका मिश्रको शव जङ्गलमा शनिवार दिउसो भेटिएको थियो ।
निगुरो टिप्ने स्थानीय महिलाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक रुखमा झुण्डिएपनि हात र खुटामा बाँधिएको जस्तो दाग रहेको पथरीका स्थानीय पत्रकार गोपाल काफ्लेले जानकारी दिए ।
शव भेटिएको स्थानमा बाइक कुदेको डोब, रगतका टाटा समेत रहेको र घटनास्थल मडारिएको कारण घटना शङ्कास्पद भएको उनको आशङ्का छ ।
मृतक भुण्डिएको स्थलदेखि केही मिटर पर उनको बाइक समेत बरामद भएको बताइएको छ ।
घटनाको अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मन्जिल मुकारूङले जानकारी दिए । मृतक शुक्रवारदेखि बेपत्ता भएको मुकारूङले बताए ।
अपराधन्यूजबाट साभार ।














Discussion about this post