धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध संयुक्त सङ्घर्ष समितिले सोमबार (आज) देखि रिले अनसन सुरु गरेको छ । प्रतिष्ठानको बेथिति अन्त्यका लागि आज बिहान १० बजेदेखि समितिले रिले अनसन सुरु गरेको हो ।
संयुक्त सङ्घर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलको नेतृत्वमा डा. पदम नेपाली, डा. अमृत जैसी र दुई जना विद्यार्थीहरू सुवास बन्जाडे र ज्योति बोगटी अनसनमा छन् ।
प्रतिष्ठानमा असार १ गतेदेखि निरन्तर आन्दोलन जारी थियो । तर पदाधिकारीहरूले सुनुवाई नगरेपछि आन्दोलनको स्वरूप परिवर्तन गर्दै आजदेखि रिले अनसन सुरु गरिएको सङ्घर्ष समितिका सदस्य डा. नेपालीले जानकारी दिए ।



















Discussion about this post