मोरङ : जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा थप एक साता लम्बाएको छ ।
यद्यपि, खुकुलो प्रावधानसहित एक साताका लागि निषेधाज्ञा लम्ब्याएको हो । सोमबार बसेको बैठकले निषेधाज्ञाको समय असार २१ गतेसम्म थप गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकरी कोषहरि निरौलाका अनुसार अवदेखि निजी सवारी जोरबिजोरका आधारमा सञ्चालन गर्न पाइनेछ ।
यस्तै, बजार पसल पनि दिउँसो ४ बजेसम्म खुला गर्ने निर्णय भएको उनले जानकारी दिए । यद्यपि, होटल, रेस्टुरेन्ट सिनेमा हल, जिम भने तत्काल खुला गरिएको छैन ।
यो पनि – झापामा असार २१ सम्म निषेधाज्ञा थप, निजी सवारीसाधनमा जोरबिजोर
यो पनि – सुनसरीमा थप एकसाता निषेधाज्ञा थपियो, निजी सवारीमा जोरबिजोर लागू











Discussion about this post