इटहरी : इटहरीका एकजनासहित ६ जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।
सुनसरी, मोरङ र झापाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले इटहरी बस्दै आएका ४२ वर्षीय दुधिर श्रेष्ठलाई पक्राउ गरेको छ । उनलाई २० बोतल लागूऔषध डाईलक्स डि.सी. सहित कोशी गाउँपालिका १ बाट पक्राउ गरेको छ ।
यस्तै, मोरङको बेलवारी नगरपालिका १ हटिया लाइनबाट लागूऔषध ट्याब्लेटसहित बेलवारी नगरपालिका १ का २५ वर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङलाई Diazelab १७ एम्पुल, Phenergan १७ एम्पुल, Avil १७ एम्पुल र LUPIGESIC १७ एम्पुलसहित पक्राउ गरेको हो ।
यस्तै, इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज बिहान ४ बजे, ३ ग्राम लागूऔषध ब्राउनसुगरसहित मेचीनगर नगरपालिका ६ का २७ वर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको छ ।
लागूऔषधसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post