विराटनगर : विराटनगर महानगरपालिका–३ स्थित कोसी राजमार्गमा एम्बुलेन्स जेसिबीमा ठोक्किएर दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
शुक्रबार राति उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १ क २४०३ नम्बरको जेसिबी पूर्वतर्फ मोडिदै गर्दा राति ९ः१५ बजेतिर पछाडिबाट को १ च ४०७३ नम्बरको एम्बुलेन्स ठोक्किएको थियो ।
जेसिबीमा ठोक्किएर अनियन्त्रित बनेको एम्बुलेन्सले दक्षिणतर्फ नै आउँदै गरेको को ३८ प ६०६३ नम्बरको स्कुटरलाई समेत ठक्कर दिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा एम्बुलेन्समा प्रसूतिका लागि अस्पताल लैजादैँ गरिएकी विराटनगर–४ की ३० वर्षीया आस्था बास्तोला, उनका पति ३३ वर्षीय ईश्वर बास्तोला र एम्बुलेन्स चालक विराटनगर–१ का २९ वर्षीय प्रदीप दाहाल घाइते भएका छन् ।
त्यस्तै, दुर्घटनामा परेर स्कुटर चालक विराटनगर–१२ का ४३ वर्षीय पंकज भट्टराई र स्कुटरको पछाडि सवार २४ वर्षीय अमित सरदार पनि घाइते भएका छन् ।
प्रहरीले दुर्घटनामा परेका सबै सवारी साधन र जेसिबी चालक विराटनगर–३ का २३ वर्षीय सुनील चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।














Discussion about this post