Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

पानीको लयलाई रोक्न खोज्दा बस्तीमा पस्यो बाढी, प्रदेश सांसद भन्छन्, ‘आफैँ जनप्रतिनिधि कसलाई हारगुहार गर्नु ?’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार १९, २०७८
in टाकुरा विशेष, समाचार
0
पानीको लयलाई रोक्न खोज्दा बस्तीमा पस्यो बाढी, प्रदेश सांसद भन्छन्, ‘आफैँ जनप्रतिनिधि कसलाई हारगुहार गर्नु ?’
564
SHARES
Share on FacebookShare on Twitter

इटहरी : भनिन्छ – ‘पानीको आफ्नै लय हुन्छ । यसको बाटोलाई न कसैले रोक्न सक्छ, न त कसैले छेक्न नै ।’ तर इटहरीमा पानीको लयलाई रोक्न खोज्दा बस्तीमा बाढी पसेको छ । पानीको लयलाई मिचेर बनाइएका संरचनाहरुका कारण बस्तीमा बाढी पसेको हो ।

बस्तीमा बाढी पसेका कारण इटहरीमा दुई सय घरहरु डुबानमा परेका छन् । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ४, ५, ६, १० र ११ वडाका एक सय बढी घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता (डीएसपी) नरेन्द्र कार्कीले जानकारी दिए ।

सुनसरीको बबियामा २५, भोक्राहा नरसिंहमा २७, इनरुवा ४ मरिक टोलमा १४ इटहरी १०, ११ मा एक सय घरमा बाढी पसेर डुबान भएको उनले बताए ।

केही घरहरु बिस्थापित भएका कारण इनरुवा, बबिया क्षेत्रका बासिन्दाहरु सामुदायिक भवनमा सरेका छन् ।
कार्कीका अनुसार विशेषगरी सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी नगरपालिका, हरिनगरा, भोक्राहा–नरर्सिङ, कोसी गाउँपालिकाका बस्तीहरु डुबानमा परेका छन् ।

‘सुनसरी खोलामा पानी ओभरफ्लो भएर बस्तीमा पस्दा दर्जनौ घरहरु डुबानमा परेका छन् भने केही घरहरु बिस्थापित भएका छन्,’ कार्कीले टाकुरासँग भने, ‘सुनसरी खोला सिंगो बस्तीमै पसेका कारण धेरै घरहरु डुबानमा परेका छन्, अहिले पानी रहेकाले त्यस्तो ठूलो क्षति भएको छैन ।’

उनका अनुसार इनरुवा ९ को बबिया भोक्राहा–नरर्सिङ गाउँपालिकाको वडा नम्बर ७ को सुनसरी खोला किनाराका घरपरिवार विस्थापित भएका छन् । उता, कोसी गाउँपालिकाको वडा नम्बर ८ का ४० घर डुबानमा परेका छन् । रामधुनी नगरपालिकाको वडा नम्बर १ का दर्जन बढी घरहरु डुबानमा परेका छन् । हरिनगर गाउँपालिकामा विभिन्न वडाहरुमा सय घर भन्दा बढी डुबानमा परेको डीएसपी कार्कीले जानकारी दिए ।

शनिबार बिहान इटहरीस्थित टेङ्ग्रा र बुढीखोला किनार आसपासमा छाता ओढेर पानीको सतह हेर्दै गरेका केही पाकाहरु भन्दैथिए – ‘प्रकृतिलाई कसले रोक्न सक्छ र ? खोला मिचेर बनाएका घरहरुमा बाढी पस्नु स्वभाविक नै हो ।’ बढ्दो शहरीकरणसँगै बनेको संरचनाहरुका कारण बर्सेनि इटहरीमा बाढीले पिरोल्दै आएको छ ।

इटहरीसहित सुनसरीका विभिन्न ठाउँ तथा पूर्वी नेपालको मोरङ, झापामा समेत बाढीले बर्सेनि भौतिक तथा मानवीय क्षति गर्दै आएको छ ।

प्रदेश १ का सांसद सर्वध्वज साँवा स्वयम्ले आफ्नो घरमा बाढी पसेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । इटहरी ४ घर भएका साँवाले फेसबुकमा लेखेका छन्, ‘बाढी पसेर घर त चुर्लुप्पै भयो, आफैँ जनप्रतिनिधि कसलाई हार गुहार गर्नु !’ सांसद साँवाले स्वयम् आफ्नो घर डुबानमा परेको सूचना दिएपछि प्रष्ट हुन्छ कि, इटहरीमा बाढीको समस्या उस्तै छ ।

इटहरी ४ मा रहेको सबैभन्दा ठूलो बुढी खोला नजिकैको गैरीगाउँ र इटहरी ३ का सुनौलो बस्तीमा पनि बर्सेनि बाढीले पिरोल्दै आएको छ । इटहरी २० मा पर्ने पानीपिया खोलाले इटहरी २, २० लगायतका विभिन्न क्षेत्रमा बाढी पसेका कारण डुबानमा परेका छन् । इटहरी बजारै भएर बग्ने खेती खोला र टेङ्ग्रा खोलामा पानी थुनिएर बजारसँगै बस्तीमा पस्ने गरेका छन् । खोलाहरु मिचेर संरचनाहरु निर्माण भएका कारण बर्सेनि बाढी बस्तीमा पस्ने इटहरीका पाकाहरु बताउँछन् ।

विशेषगरी टेङ्ग्रा खोला, बुढीखोला, खेती खोलाले खासगरी इटहरीका वडा नं. ३, ४, ५, ६, ९, १०, ११ १६, १२, १३, वडा बाढीबाट प्रत्यक्ष प्रभावित बनेका छन् । यी वडाहरुमा खोला तथा सप्तकोसीबाट आउने खनार क्षेत्रको नहरले इटहरी डुबानमा पर्ने गरेको छ । यता, इटहरी २० र २ मा पर्ने तरहराको कृषि फारम, तरहराका अन्य केही ठाउँहरु, इटहरी ७ को बज्राहामा पनि पानीका कारण केही घरहरु डुबानमा परेका छन् ।

यसवर्ष मनसुन सुरु भएपछि सुनसरी र मोरङमा रहेका विभिन्न खोलाहरुमा शनिबार ठूलो बाढी आएको छ । सुनसरीको इटहरी, तरहरा, मोरङको सुन्दहरैँचा, बेलबारी लेटाङ लगायतका दर्जनौँ स्थानमा छ घण्टासम्म निरन्तर वर्षा भएको जनाएको छ । यस्तै, मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा पानीको सतह बढेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार विभिन्न ठाउँमा बाढीका कारण घरहरु डुबान पर्ने तथा विस्थापित नै हुने समस्या भएपनि हालसम्म सुनसरीमा कुनै मानवीय क्षति भएको छैन । केहीदिनदेखि पहाडी क्षेत्रमा लगातार परेको वर्षाका कारण सप्तकोसीमा पानीको बहाव समेत बढेको उनले बताए ।

सप्तकोसीमा २७ वटा ढोका खुल्ला

कोसी ब्यारेजको कन्ट्रोल रुमका अनुसार शनिबार साँझ ५ बजेसम्ममा सप्तकोसीका २७ वटा ढोका खुल्ला गरिएको छ । त्यस्तै, नदीमा पानीको बहाव एक लाख ८८ हजार नौ सय ५५ क्यूसेक रहेको कन्ट्रोल रुमले जनाएको छ । शनिबार दिउँसो ३० वटा ढोका खुल्ला गरिएको थियो भने पानीको बहाव दुई लाख २२ हजार ४७५ क्यूसेक पुगेको थियो ।

सप्तकोसीमा अधिक बहाव सात लाख क्यूसेकसम्म मापन भएको रेकर्ड छ । एक लाख ६० हजार क्यूसेकसम्मको बहावलाई सामान्य मानिन्छ । दुई लाख ५० हजारभन्दा माथि गएपछि खतराको रूपमा लिइन्छ । बहाव तीन लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि रातो बत्ती बल्छ र खतराको साइरन बज्छ ।

यो पनि –  इटहरीमा बाढीका कारण डुबान (तस्वीरहरुसहित)

Tags: #इटहरीबाढी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा
विविध

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

by रासस
साउन ११, २०८३
0

झापा : पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख भएको छ। उत्पादन बढाउनेभन्दा व्यवसाय जोगाउने...

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
समाचार

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

by टाकुरा न्यूज । इटहरी
साउन ११, २०८३
0

इटहरी : सुनसरी जिल्ला प्रशासन कार्यालयले हरिनगर र देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव...

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

लागतको चापले झापाको माछापालन व्यवसाय सङ्कटमा

साउन ११, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका दुई पालिकामा निषेधाज्ञा, साँझ ७ बजेसम्म पाँच जनाभन्दा बढी भेला हुन रोक

साउन ११, २०८३
सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

सुनसरीमा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु, सर्वसाधारण र सुरक्षाकर्मीसहित १८ जना घाइते

साउन ११, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    630 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.