धरान : धरान वडा नं. ५ स्थित रहेको खैरेनी कृषि समूहलाई ‘स्प्रे ट्याङ्की र एग्रोनेट’ प्रदान गरिएको छ ।
सोमबार धरान उपमहानगरपालिका परिसरमा संघीय सरकारको शसर्त अनुदान अन्र्तगत कृषि समूहलाई १० थान ‘स्प्रे ट्याङ्की र ४ थान एग्रोनेट’ (तरकारीजन्य खेती लगाएको ठाउँको लागि उपयोगी बार) प्रदान गरिएको हो ।
उक्त सामग्री मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले हस्तान्तरण गरेका हुन् ।
मेयर राईले कृषि पेशाप्रति आकर्षण बढ्दै गएको बताउँदै स्प्रे ट्याङ्की र एग्रोनेटको सहि ढंगबाट सदुपोग गर्न आग्रह गरे ।
धरान उपमहानगरका कृषि शाखा अधिकृत नगेन्द्र तामाङले संघीय सरकारको शसर्त अनुदान अन्र्तगत कृषि शाखामा ९ लाख रुपैयाँ बजेट आएको जानकारी दिए ।
सोही बजेट अन्र्तगत धरान ५ मा रहेको खैरेनी कृषि समूहलाई १ लाख ६० हजार रुपैयाँ बराबरको सामग्री आज हस्तान्तरण गरिएको अधिकृत तामाङले बताए ।
अन्नबालीमा लाग्ने रोग र कीरा मार्न प्रयोग गरिने जैविक विषादी छर्न स्प्रे ट्याङ्की र किसानहरुले लगाएको तरकारी खेतीका लागि एग्रोनेटले ठुलो मद्दत गर्ने अधिकृत तामाङको भनाई छ । खैरेनी कृषि समूहमा ४८ जना छन् ।
कृषि समूहका किसानहरुले उक्त सामग्री पाएपछि खुशी व्यक्त गरेका थिए ।












Discussion about this post