मोरङ : मोरङ सुन्दरहरैँचा नगरपालिका १ डांगीटोलका याम लुङ्गेली मगरको ८ वर्षीय छोरा अनमोल मगरको घर छेउको कलबर्डमा पानी जमेको ठाँउमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
आज दिउँसो साढे २ बजे अन्य केटाकेटीसँग नुहाउन गएका अनमोलको पानीमा डुबेर अचेत भएको प्रहरीलाई खबर भएको थियो । १ नम्बर प्रहरी कार्यालय विराटनगरका अनुसार अचेत भएका उनको पानीबाट निकालेर उपचारको लागि विराटनगरस्थित कोशी अस्पतालमा लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङ सुनवर्षी नगरपालिका ९ स्थित चन्दनखाडीमा बस्ने नारायण राजबंशीको ५ वर्षीय छोरा उमङ्ग राजबंशीको जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । खेल्ने क्रममा पानीको खाल्डोमा परेर उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिइ थप अनुसन्धान भइरहेको छ ।














Discussion about this post