इटहरी (डेस्क) : मोरङको विराटनगर महानगरपालिका ७ स्थित नेपाल राष्ट्र बैँक नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३२ प ८८१० नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना हुादा चालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा विराटनगर १४ का ४७ वर्षीय टीका मेचे रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मेचेलाई उपचारार्थ विराटनगरकै गोल्डेन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको साँझ ७ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, झापाको वुद्धशान्ति गाउँपालिका–४ स्थित मेचि राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ३ च ४०३३ नम्बरको पिकअप गाडीले मे ९ प ९२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक इलाम नगरपालिका–९ का २८ वर्षीय नारायण कार्कीलाई उपचारार्थ बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकोमा उपचारका क्रममा उनको साँझ ७ बजे मृत्यु भएको हो ।














Discussion about this post