इटहरी : नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिप्रति विरोध जनाएको छ।
पटकपटक मूल्यवृद्धि जनताले धान्नै नसक्ने भन्दै नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले यसको विरोध गरेका हुन्।
उनले अत्यावश्यकीय उपभोग्य वस्तुमा मूल्यवृद्धिको कारण चौतर्फी महंगी बढ्ने र कोरोना संक्रमणको महामारीबाट ग्रस्त जनताले थप सास्ती खेप्नुपर्ने बताए। तत्काल मुल्यवूद्धि फिर्ता नगरे ठाउँठाउँबाट प्रतिरोध गर्ने उनको चेतावनी थियो ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो।














Discussion about this post