झापा : नेकपा (एमाले) विर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईँको कार दुर्घटनामा निधन भएको छ । आफैंले चलाएको कार दुर्घटनामा परी ४५ वर्षीय उनको आज मृत्यु भएको हो ।
बा १६ च ८१८२ नम्बरको कार भद्रपुर–९ चन्द्रगढीस्थित मेची लोकमार्गमा रहेको देवकोटाको शालिकमा बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएपछि उनलाई उपचारका लागि मेची प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । चिकित्सकका अनुसार प्रसाईँको टाउँको, बायाँ खुट्टा र शरीरको भित्री भागमा चोट गहिरो चोट लागेकोले उनको निधन भएको हो ।














Discussion about this post