विराटनगर : विराटनगर महानगरपालिका ५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
गएराति मादक पदार्थ सेवन गरि एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पतालमा मृत्यु भएको तथा घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्यभईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
लागूऔषध दुव्र्यसनी रहेका साजनले मादक पदार्थ सेवन सेवन गरेर धारिलो हतियारले प्रहार गरेर दाजुको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए ।
उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद र झगडा भएपछि राति १०ः३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको पाइएको छ ।
विराटनगर ५ पृथ्वीचोक घर भएका ४२ वर्षीय भोलासिंह राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् ।
अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए । आफ्नी आमा बिरामी रहेको थाहा पाएका भोला तालिम सकिएपछि वैशाखमा विराटनगरस्थित घरमा आएका थिए ।
लागूऔषधका दुव्र्यसनी रहेका साजनलाई विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न भएको आरोपमा मोरङ प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो । घटनाको गम्भीर ढंगले अनुसन्धान सुरु गरिएको एसपी जिसीले बताए ।













Discussion about this post