इटहरी : इटहरी २ मा रहेको मायाघरमा ५० जनाको कोभिड परीक्षण गर्दा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकाले शिविर आयोजना गरेर स्वास्थ्य परीक्षण गर्दा ३६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । उपमेयर लक्ष्मी गौतमका अनुसार उनीहरुलाई उपचारमा सहयोग पुग्ने पल्स अक्सिमिटर, मास्क लगायत स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ ।
इटहरी अस्पतालका इमर्जेन्सी विभाग प्रमुख तथा कोभिड १९ होम आइसोलेन सर्पोट टिम संयोजक रामकुमार धमलाका अनुसार ३६ जनामध्ये सक्रमित मध्ये २८ जनामा सुख्खा खोकी, ज्वरो, वान्ता हुने, खान मन नलाग्ने जस्ता कोभिड १९ का लक्षणहरु देखिएको छ ।
सबै संक्रमितलाई इटहरी अस्पतालले हेल्थ मोनिटरिङ गरिरहेको छ ।
इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा, इटहरी अस्पतालका प्रतिनिधिले संक्रमित स्थलको अनुगमन गरी जनस्वास्थ्य अवस्था मूल्यांकन समेत गरेको छ ।
Discussion about this post