इटहरी : सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा निर्वाचित ज्ञानेन्द्र कार्की कानुनमन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेसँगै कार्कीलाई कानुनमन्त्री नियुक्त गरेका हुन् ।
संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट २–२ जना मन्त्री नियुक्त गरेका हुन् ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त भएका छन् भने ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री भएका हुन् । यस्तै, माओवादी केन्द्रबाट जनादर्न शर्मा प्रभाकर अर्थ र पम्फा भुसाल ऊर्जामन्त्री बनेका छन् ।















Discussion about this post