मोरङ : मोरङको बेलबारीमा मंगलबार साँझ दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको छ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत बेलबारी नगरपालिका–१० भाउन्नेमा पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको हो।
ठक्कर दिने सवारीसाधन यकिन हुन नसकिरहेका बेला मृतकको पनि पहिचान खुलेको छैन। प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएको अवस्थामा ती पुरुषलाई साँझ ७ः३० बजेतिर सडकमा भेटिएको थियो।
उपचारका लागि बेलबारीस्थित नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको केहीबेरमै घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान तथा सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post