इटहरी : प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ४३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये झापाको दमकमा ६४, भद्रपुरमा २७, विर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, झापा गाउँपालिकामा १ जना रहेका छन् ।
यस्तै, सुनसरीको धरानमा ८० जना, इटहरीमा ४४, बराहक्षेत्र र स्थानीय तह नखुलेका ६–६ जना छन् भने भोक्राहा–नरसिंह, रामधुनी र इनरुवामा १–१ जना संक्रमित थपिएका छन् ।
यस्तै, मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २–२, ग्रामथान र केराबारीमा १–१ जना छन् ।
उता, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रीबासमा १, इलामको इलाम नगरपालिकामा २, सूर्योदय, चुलाचुली र माईमा १–१, पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, तेह्रथुमको आठराईमा १ र संखुवासभाको खाँदबारीमा १ जना छन् ।
प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५,५९० रहेको छ ।














Discussion about this post