इटहरी : पेट्रोलियम पद्धार्थको मूल्य एक रुपैँयाले घटेको छ । मूल्यवृद्धिको विषयलाई लिएर आन्दोलनरत संयुक्त विद्यार्थी संगठनसँगको वार्तापछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ । यो सँगै पेट्रोल प्रतिलिटर १२८ रुपैँया कायम गरिएको छ ।
त्यस्तै, डिजेल र मट्टितेलको मूल्य १११ रुपैयाँ कायम गरिएको छ । पेट्रोलियम पद्धार्थको छैटौं मूल्यवृद्धिविरुद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल आन्दोलित थिए ।














Discussion about this post