धरान : धरान उपमहानगरपालिकाले स्वर्गीय तारा सुब्बाको तेस्रो स्मृति दिवसमा आज कार्यक्रम आयोजना गरेको छ ।
बिहान ११ बजे उपमहानगरको प्रांगणमा प्रदेश सभामुख प्रदीपकुमार भण्डारीको प्रमुख आतिथ्यमा स्मृति दिवस आयोजना गरिएको उपमहानगरले जनाएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा विजयी भएका सुब्बाको २०७५ साउन १ गते निधन भएको थियो ।
आज स्वर्गीय मेयर तारा सुब्बाको तेस्रो स्मृति दिवस नेकपा एमालेका दुवै समूहले धरानमा संयुक्तरुपमा मनाउदैछन् ।
बिहान धरान १९ हरियाली सामुदायिक वन समूह हाताभित्र रहेको तारा सुब्बा स्मृति पार्कमा दुवै समूहले संयुक्त कार्यक्रम गर्ने तयारी गरेका हुन् ।












Discussion about this post