इटहरी : इटहरीमा आज एकैदिन १७७ सहित प्रदेश १ मा थप ८३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये मोरङको विराटनगरमा १२१, सुन्दरहरैँचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५–५, रतुवामाई र कटहरीमा ४–४, जहदा, सुनबर्षी, ग्रामथान र मिक्लाजुङमा २–२, केराबारीमा १, स्थानीय तह नखुलेका ३ जना छन् ।
यता, सुनसरीको इटहरीमा १७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जुमा ५, दुहवी र भोक्राहानरसिंहमा ४–४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ११ जना रहेको मन्त्रालयले जनाएको छ ।
उता, झापाको दमकमा ३१, विर्तामोडमा २४, कनकाई र भद्रपुरमा ११–११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६–६, बुद्धशान्ति र गौरादहमा ४–४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा संक्रमण देखिएको छ ।
यस्तै, उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र ताप्लीमा ४–४, बेलका र स्थानीय तह नखुलेका ३–३, कटारी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १ जना छन् ।
यस्तै, इलामको इलाम नगरपालिकामा ३, रोङ र सूर्योदयमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङ्मा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १–१, तेह्रथुमको फेदाप र लालीगुराँसमा १–१ र स्थानीय तह नखुलेका २, पाँचथरको कुम्बायक, याङवरक र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुङ्गामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
यसैगरि, पछिल्लो चौबिस घण्टामा ३६८ जना संक्रमणमुक्त भएका छन् । प्रदेश १ मा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ९११ जना रहेको छ ।














Discussion about this post