झापा : झापाको भद्रपुर नगरपालिका–१ सगरमाथा चोकमा टेम्पो र ट्याक्टर ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ ह ६४१९ नम्बरको टेम्पो विपरीत दिशातर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टरमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परेर टेम्पोमा सवार भद्रपुर १ की ३८ वर्षीया छविमाया लिम्बू र ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको छ । प्रहरीका अनुसार छविमायाको घटनास्थलमै र डम्बरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पतालमा दिउँसो ४ बजे मृत्यु भएको हो ।
दुर्घटनामा परेर दुई जना सामान्य घाइते भएका छन् । घाइतेहरु टेम्पो चालक ४३ वर्षीय वीरबहादुर लिम्बू र ३२ वर्षीय नरबहादुर लिम्बूको उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारी सधान र ट्याक्टर चालक झापाको कचनकवल गाउँपालिका ३ का ३२ वर्षीय सारगसिंह राजवंशीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।














Discussion about this post