धरान : कोरोना संक्रमणबाट धरानमा थप दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धरान ४ का ३७ वर्षीय महिला र धरान ११ का ७१ वर्षीय वृद्ध पुरुष छन् । दुवैको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार धरान ४ की महिलाको हिजो साँझ ७ बजेर ३० मिनेटमा मृत्यु भएको हो । मृतकलाई असार २८ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै धरान ११ का ७१ वर्षीय वृद्धको पनि गएराति १ बजेर २५ मिनेटमा कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असार २१ गते संक्रमण पुष्टि भएको थियो भने २५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post