तरहरा : इटहरी उपमहानगरपालिका १९ तरहराका एक वृद्धको पोखरीमा डुबेर मृत्यु भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार ७३ वर्षीय शेरबहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको हो ।
शनिवार बिहान सवा ११ बजे स्थानीय एक पोखरीमा माछा मार्ने क्रममा अचानक सोही पोखरीमा डुबेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोलीले राती साढे ११ बजे मृत अवस्थामा फेला पारेको थियो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post