इटहरी : इटहरी ३ शान्ति चौक स्थित भित्री पक्की सडकखण्डमा इटहरीबाट तालतलैया जाँदै गरेको अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज दिउँसो को २ ह ५२६५ नं. को अटो आफैँ अनियन्त्रित भइ सडक छेउको बिजुलीको पोलमा ठक्कर हुँदा अटोमा सवार इटहरी ४ बस्ने ३३ वर्षीया रिया पोखरेलको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा विराट नर्सिङ होममा मृत्यु भएको हो ।
अटो र अटो चालक इटहरी ४ का ३१ वर्षीय पप्पु यादव प्रहरी चौकी तालतलैयाको नियन्त्रणमा रहेका छन् ।
तीव्रगतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post