झापा : मोरङ रंगेली ९ सखुवाथान घर भई झापा गौरादह १ सितल चौक बस्दै आएका ३९ वर्षीय सजिलाल रिख्यासनलाई आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
उनले गत असार ३१ गते आफ्नै श्रीमती ३४ वर्षीया संगीता टुडुलाई खेत नजिक रहेको टहरामा लगि कुटपिट गरी हत्या गरेका थिए ।
हत्यापश्चात् उनी फरार थिए । घटनाको जानकारी पाउनसाथ अनुसन्धान तथा खोजतलसामा खटिएको प्रहरी टोलीले फरार रहेका सजिलाललाई आज पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेका रिख्यासन उपर कर्तब्य ज्यान मुद्धामा कानुनी कारवाही तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।













Discussion about this post