सुनसरी : सुनसरीको बर्जु गाउँपालिका २ बाट चोरीको मोटरसाइकलसहित चोरीमा संग्लग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार अपरान्ह पौने ६ बजे बर्जु गाँउपालिका ३ नहर चोक हटिया लाईनबाट को ४ प ४६४८ नम्बरको मोटरसाइकल हराएको सूचना प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय सितागंजको टोलीले चोरी भएको मोटरसाइकलसहित चोरीमा संग्लग्न देवानगंज ५ का ४० वर्षीय वीरेन्द्र रामलाई पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post