मोरङ : मोरङको उर्लाबारीबाट प्रतिबन्धीत औषधी सहित एक युवालाई पक्राउ प्रहरीले प्रकाउ गरेको छ ।
नेपालमा प्रयोग गर्न प्रतिबन्धीत लगाइएको औषधिसहित २० वर्षीय पवन रार्ई सोमबार राति तिर पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक इन्सपेक्टर राजाराम खड्काको नेतृत्वमा गएको टोलीले राईलाई उर्लाबारी नगरपालिका–५ स्कुलडाँडाबाट पक्राउ गरेको हो ।
प्रतिबन्धीत औषधीट्रामाडोल एक हजार तीन सय र स्पास्पाइन एक हजार तीन सय गरेर दुई हजार छ सय चक्की प्रतिबन्धीत औषधि राईको साथबाट बरामद भएको प्रहरीले जनाएको छ ।
दुवै औषधी मिसाएर सेवन गर्दा लागुऔषधको जस्तै नसा दिने भएकाले पछिल्लो समय दुव्र्यसनीमा प्रतिबन्धीत औषधितर्फ आकर्षण बढ्दै गएको निस्कर्ष प्रहरीको रहेको छ ।
हरियो रंगको झोला बोकेर शंकास्पद रूपमा हिँड्डुल गरिरहेको अवस्थामा पक्राउ परेका राईमाथि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।











Discussion about this post