धरान : धरानको छुट्टा–छुट्टै स्थानबाट प्रतिबन्धित औषधिसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिएर जनता ग्यारेज संचालन गरी बस्ने सोही स्थानका ३० वर्षीय नवीन चौधरीलाई उनकै ग्यारेजमा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधि Spaspain – १००० ट्याव्लेट, Opatab-50 – ४०० ट्याव्लेट र Tramadol Hydrochloride – २२ ट्याव्लेटसहित प्रहरीले पक्राउ गरेको हो ।
यस्तै, धरान १६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई Spaspain – १४५ ट्याव्लेट, र Tramadol १६३ ट्याव्लेट सहित पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैमाथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post