इटहरी : आषाढ शुक्ल पूर्णिमाका दिन आज शनिबार गुरू पूर्णिमा मनाइँदै छ ।
व्यास र कबीर जयन्ती पनि आजै परेको छ । पूर्वीय दर्शन अर्थात् सनातन हिन्दू धर्ममा गुरूको महत्व अनौठो र अनुपम उल्लेख छ । ‘गु’को अर्थ ‘ अन्धकार’ र ‘रु’को अर्थ प्रकाश हुन्छ । अन्धकाररूपी अज्ञान प्रकाशतर्फ डोर्याउन सफल हुने नै गुरू कहलिन्छ ।
पण्डित माधवप्रसाद शर्मा ‘गिरति अज्ञानं इति गुरूअ’ अर्थात् अज्ञान हटाएर ज्ञान प्रदान गर्नेलाई ‘गुरू’ भनिने बताउँछन् ।
‘गुरू नै यथार्थ ब्रहम हो र उनकै योगदान चर्चा गर्दै आजका दिन सम्मान गरिन्छ,’ उनी भन्छन्, ‘आज गुरू पूर्णिमालाई वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ ।
वेद व्यासले वेदवेदान्त, अठार पुराण, उपनिषद् लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन् ।’ यसदिन गुरूलाई सम्मानपूर्वक उपहारसमेत दिने चलन छ ।















Discussion about this post