विराटनगर : लागूऔषधसहित विराटनगरबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका ६ का २२ वर्षीय रमेश पाँचकोटी रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो र सशस्त्र प्रहरीको बिओपी पोस्ट दरैयाबाट खटिएको संयुक्त टोलीले विराटनगर महानगरपालिका १६ बाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनको साथबाट लुपिजेसिक, डाइजेल्याब, एभिल र फेनारगन गरेर १५–१५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।













Discussion about this post