इटहरी : युवतीलाई पटक पटक विभिन्न मितिमा जवरजस्ती करणीको आरोप लागेका ट्राफिक प्रहरीका असईले इलाका प्रहरी कार्यालय इटहरीमा आएर आत्मसमर्पण गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सप्तरीको बोदेबसाइन नगरपालिका १ का ३९ वर्षीय जितेन्द्र मण्डलले प्रहरी समक्ष आत्मसर्पण गरेका हुन् ।
उनी हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोड झापामा प्रहरी सहायक निरीक्षक पदमा कार्यरत थिए । उनी विरुद्ध २३ वर्षीया एक युवतीले पटक पटक मितिमा र स्थानमा जवरजस्ती करणी गरेको आरोप लगाउदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
ती युवतीले दिएको जाहेरी साउन ९ गते प्रहरीले दर्ता गरेको थियो । युवतीले पछिल्लो समय २०७७ चैत २८ गते रातीको समयमा इटहरीमा जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिइकी थिइन् ।
प्रहरीका अनुसार आरोपित असई मण्डलले हिजो इलाका प्रहरी कार्यालय इटहरीमा आफै उपस्थित भएका हुन् । उनलाई आज जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप पनि भएको छ ।
जवरजस्ती करणीको आरोपबारे थप अनुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
Discussion about this post