झापा : झापाको दमक नगरपालिका ४ पुर्व पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार श्रीमान श्रीमतिको मृत्यु भएको छ ।
मंगलबार विहानै भेडेटार घुम्न गएका उनिहरु सुरुङ्गास्थित घर फर्कने क्रममा राति १० बजे दुर्घटनामा परेका थिए । दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाईकल चालक झापा कन्काई ३ का ४३ वर्षीय पुर्ण बहादुर बिष्ट र पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा बिष्ट रहेका छन् ।
राती पश्चिम तर्फ आउदै गरेको ना४ ख ८७३० नम्बरको ट्रकले विपरित दिशाबाट आईरहेको प्रदेश २ –०३ –०१३ प ४७८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा गम्भिर घाईते भएका उनिहरुको उपचारको लागी दमक लाईफ लाईन अस्पतालमा पुर्याउन साथ दुवै जनाको मृत्यु भएको थियो ।
दुर्घटना गराई फरार भएको सो ट्रक र ट्रक चालक मोरङ विराटनगर ४ बस्ने ४८ बर्षीय सुजन थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post