Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रेस युनियन सुनसरीद्धारा पत्रकार विराट अनुपमलाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया हस्तान्तरण

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २०, २०७८
in विविध, समाचार
0
प्रेस युनियन सुनसरीद्धारा पत्रकार विराट अनुपमलाई दुर्घटना बापतको सत्तरी हजार रुपैँया हस्तान्तरण
292
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल प्रेस युनियन सुनसरीले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ । इटहरीका पत्रकार विराट गौतम (अनुपम) लाई दुर्घटना बीमा बापतको सत्तरी हजार रुपैँया बुधबार हस्तान्तरण गरिएको हो ।

युनियन सुनसरी अध्यक्ष पवन अधिकारीका अनुसार प्रदेश १ का १४ वटै जिल्लाका युनियनका अध्यक्षसहित सुनसरीका तीन सय सञ्चारकर्मी गरी जम्मा तीन सय १४ जनाको दुर्घटना बीमा गरिएको थियो । ती मध्ये पहिलोपटक दुर्घटनामा परेर घाइते भएका पत्रकार अनुपमलाई दुर्घटना बापतको रकम हस्तान्तरण गरिएको उनले बताए ।

‘प्रदेश १ मै पहिलोपटक पत्रकारहरुलाई यसरी दुर्घटना बीमा गर्नु र रकम दिनु नौलो सुरुवात हो,’ अधिकारीले भने, ‘पत्रकारका निम्ति काम गर्ने संस्थाले पहिलोपटक विशुद्ध बीमाबाट आएको रकम हामीले हस्तान्तरण गरेका हौँ ।’

६ दिन अघि अजोड इस्न्योरेन्सको केन्द्रीय कार्यालय काठमाडौँका सिईओ कुमारबहादुर खत्रीलाई युनियनका अध्यक्ष अधिकारी र नेपाल प्रेस युनियन सुनसरीका सदस्य विवेक विवश रेग्मीले दुर्घटना बिमित पत्रकारको डकुमेन्ट बुझाएका थिए । एक हप्ताभित्र रकम प्राप्त हुने आश्वासन पाएको केहीदिनमै रकम प्राप्त भएसँगै बुधबार उक्त रकम हस्तान्तरण गरिएको हो ।

अधिकारीका अनुसार यसअघि युनियनले जिल्लाका दुई सय ६० जना सञ्चारकर्मीको कोरोना बीमा समेत गरेको थियो । बिमित सञ्चारकर्मीमध्ये ४५ जनालाई कोरोना संक्रमण भएको थियो भने हालसम्म ३० जनाले एकलाखका दरले रकम समेत पाइसकेका छन् ।

‘पहिलेको लटमै कोरोना लागेका तीनजनासहित १५ जनाको रकम आउन बाँकी छ,’ अधिकारीले भने, ‘सरकारबाटै पैसा रोकिएका कारण उपलब्ध नभएकाले वितरण गर्न पाइएको छैन, रकम आउने आश्वासन पाएका छौँ ।’

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गर्दै युनियनले सराहनीय काम गरेको बताए । पत्रकारहरुको हितमा काम गर्नका निम्ति चाहेको अवस्थामा जसरी पनि गर्न सकिने उदाहरण सुनसरी युनियन भएको उनको तर्क छ ।

दुर्घटना बिमित पत्रकार विराट गौतम (अनुपम) ले पैसा बुझिसकेपछि युनियनले पत्रकारहरुको हितका निम्ति गरेको सकारात्मक कामको प्रशंसा गरे । ‘दुर्घटना बीमा मलाई आफैँ गर्न मन थियो, जागिर खाने मान्छेलाई दुर्घटना बीमा आवश्यक पर्छ भन्ने अनुभूत भएको छ,’ उनले भने, ‘दुर्घटना बीमा नगरेको भए ठूलो आर्थिक क्षति हुन्थ्यो, युनियनले यसरी पैसा दिनुले धेरै आर्थिक राहत भएको छ ।’

उनले व्यक्तिगत रुपमा वा अन्य संस्थामार्फत बीमा गरिएको भए प्रक्रिया लामो हुने र पैसा आउन पनि समय लाग्ने भएकाले आफ्नो डकुमेन्ट दिएको केही दिनमै युनियनले बीमा बापतको पैसा दिनुले खुशी भएको बताए ।

उनी गत वैशाख १६ गते समाचार संकलनका क्रममा लडेर घाइते भएका थिए ।

Tags: # प्रेस युनियन#प्रेस युनियन सुनसरीदुर्घटना बीमा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.