इटहरी : बसको ठक्करबाट इटहरीकी एक महिलाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मीरादेवी साह रहेकी छन्।
प्रहरीका अनुसार धरान उपमहानगरपालिका वडा नम्बर ८ तीनकुने जंगलमा भएको दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार उनको मृत्यु भएको छ ।
आज (बुधबार) बिहान साढे ९ बजे धरानबाट इटहरीतर्फ आउँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको बसले ठक्कर दिएको थियो। त्यसैबेला बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–०४० प ६४०५ नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक मृतकका छोरा २५ वर्षीय विमल साह घाइते भएका छन् ।
दबै जनालाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । मृतक मीरादेवीको उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, छोरा विमलको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न तीन वटै सवारी साधन र बस चालक धरान १५ का ४२ वर्षीय प्रभु खड्का इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा रहेका छन् ।














Discussion about this post