मोरङ : मोरङको कटहरीस्थित एए मन्दिर परिसरमा स्थानीय एक युवा मृत भेटिएका छन् ।
कटहरी गाउँपालिका ५ स्थित रामजानकी मन्दिरको बरण्डामा सुतेको अवस्थामा स्थानीय ३० वर्षीय शिवरतन मुडियारी शुक्रबार राति मृत फेला परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मन्दिरमा आएर सुतेका मुडियारीलाई राति १० बजेतिर मृत अवस्थामा पुजारीले भेटेपछि घटनाका बारेमा प्रहरीलाई खबर गरिएको थियो ।
मृत्युको कारण भने खुल्न बाँकी रहेकाले घटना सम्बन्धमा थप अुनसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post