मोरङ : मोरङको उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी भण्डारीलाई अश्लील शब्द प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुकमार्फत गाली गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लाबारी ४ का ३३ वर्षीय युवराज खरेल रहेका छन् ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार फेसबुकमा उपमेयर भण्डारीको फोटो नै राखेर अश्लील शब्द प्रयोग गर्दै स्ट्याटस लेखेर गाली गरेको पाइएपछि आवश्यक अनुसन्धान र कारबाहीका लागि खरेललाई पक्राउ गरिएको हो ।
अपशब्द प्रयोग गरेर आफूलाई हैरानी पारेको भन्दै उपमेयर भण्डारीले प्रहरीमा खरेलविरुद्ध किटानी जाहेरी दिएकी थिइन्।
गत बिहीबार पक्राउ परेका उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन प्रहरीले शुक्रबार म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।











Discussion about this post