तरहरा : रोटरी क्लब अफ इटहरीले आज (शनिबार) चारकोसे झाडीको खाली ठाँउमा फलफूलका बिरुवा रोपेको छ ।
हाँसपोसा सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गर्दै आएको बन क्षेत्रको खाली भू–भागमा वन उपभोक्ता समूह र प्रकृति संरक्षण अभियान लगायतका सस्थासंगको सहकार्यमा आँप, लिची अम्बा, अमला, बेल लगायतका चार सय फलफूलका बिरुवा रोपिएको हो ।
जंगलको खाली भू–भागमा फलफूलका बिरुवा रोप्दा वातावरणको संरक्षण पनि हुने र जंगली जनावरलाई खानेकुरा पनि हुने महसुस गरि वन क्षेत्रमा बिरुवा रोपिएको क्लबकी अध्यक्ष शोभा कोइरालाले बताइन् ।
जंगल मासिदैँ जाँदा वातावरण पनि बिग्रदैँ गएको, चराचुरङ्गी बसाइँ सर्दै गएको, बाँदरहरु खानेकुराको खोजीमा गाँउ शहर पस्ने गरेको र मासिदैँ गएको अवस्थामा जंगलमा फलफूलका बिरुवा रोप्दा चराचुरुङ्गी, बाँदर लगायतका जनावर पुनः फर्काउन सकिने अपेक्षा रहेको प्रकृति संरक्षण अभियानका अभियानकर्मी ध्रुब घिमिरेले बताए ।
बृक्षारोपण कार्यक्रममा सहभागी उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भीम पौडेल र नागरिक समाज इटहरीका उपाध्यक्ष तथा हाँसपोसा सामुदायिक वन समूहका अध्यक्ष महेन्द्र गिरीले बिरुवा जोगाउने काममा सक्दो सहयोग गर्ने बताएका थिए ।















Discussion about this post