धरान : धरानमा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप ४ हजार ६ सय बढीले लगाएका छन् ।
उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार जोन्सन एण्ड जोन्सन खोप तीन दिनमा ४ हजार ६ सय ९ जनाले लगाएका हुन् ।
जोन्सन एण्ड जोन्सन खोप ३ सय ९१ डोज उब्रिएको छ । उक्त खोप लगाउन साउन २०, २१ र २२ गते तीनदिन विभाजन गरेर धरानको २० वटै वडाहरुमा सञ्चालन गरिएको थियो । धरानका लागि ५ हजार डोज आएको महाशाखाले जनाएको छ ।
यस्तै, धरानमा आज चाईनिज भेरोसेल खोपको पहिलो मात्रा एक हजार जनाले लगाएका छन् । योसहित २ हजार ३ सय जनाले भेरोसेल खोप लगाएका छन् । वडा नं. १ स्थित उद्योग वाणिज्य संघमा साउन २०, २१, २२ र २३ गते (आज) सम्म खोप कार्यक्रम सञ्चालन गरिएको थियो । भेरोसेल खोप ३ हजार डोज आएको थियो । उक्त खोप ७ सय डोज उब्रिएको छ ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५५ वर्ष उमेर माथिकाको लागि ५ सय डोज लगाउन बाँकी छन् भने कुपन पाएका लक्षित व्यक्तिहरुको लागि २ सय डोज भेरोसेल खोप लगाउन बाँकी छन् । नगरपालिकामा छलफल गरेर समय अनुकूल मिलाएर बाँकी रहेको जोन्सन एण्ड जोन्सन खोप र भेरोसेल खोप लगाइने तयारी गरिएको उनले बताए ।
धरानमा हालसम्म ३० हजार बढीले विभिन्न देशबाट प्राप्त भएको खोप लगाएका छन् ।












Discussion about this post