उदयपुर : उदयपुरमा अचानक रुख ढलेर अटोलाई किच्दा एकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।
जिल्लाको उदयपुरगढी गाउँपालिका ७ अधेरी झरना नजिकै शनिबार दिउँसो रुखले किच्दा कटारी नगरपालिका ४ की ३८ वर्षीया निशा दनुवारको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी वेदप्रसाद गौतमका अनुसार रुखले किच्दा मृतक निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, अटो चालक कटारी नगरपालिका ५ का ४८ वर्षीय कुमार तामाङ र अर्की २७ वर्षीया मिना दनुवार घाइते भएका छन् ।
ती मध्ये अटो चालक चालक तामाङ गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पार्किङ गरेर राखिएको प्र २–०१–००१ ह ०५६० नम्बरको अटो, स १० प ३२७२ नम्बरको मोटरसाइकललाई र मृतक महिलालाई अचानक रुख ढलेर किचेको थियो ।
मृतक दनुवारका श्रीमानसहित अटो लिएर अधेरी झर्ना घुम्न आएको प्रहरीले जनाएको छ ।














Discussion about this post