इटहरी : वृद्धवृद्धालाई कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको दोस्रो डोज आजदेखि दिइँदै छ ।
लामो समयअघि खोपको पहिलो मात्रा प्राप्त गरेका ज्येष्ठ नागरिकले दोस्रो डोज आजदेखि पाउने भएका हुन् । कोभिशिल्डको पहिलो डोज लगाएकालाई जापान र भुटानबाट आएको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा दिइने भएको हो ।
अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।












Discussion about this post