इटहरी : सुनसरीमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ ।
कोशी वन्यजन्तु आरक्षबाट गएको जंगली हात्तीको आक्रमणमा परी कोशी गाउँपालिका ४ का ५५ वर्षीय रामे खङ्ग खत्वेको मृत्यु भएको हो ।
आज बिहान साढे ५ बजे खेतीतर्फ जाने क्रममा आरक्षबाट आएको जंगली हात्तीले उनलाई घर नजिकै आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post