धरान : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
बिहीबार अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालयबाट गएको टोलीले आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै स्थलगत छानबिन गरेको छ ।
टोलीले प्रारम्भिक प्रतिवेदन बुझाउनासाथ निर्णय गरेर विस्तृत अनुसन्धान गर्ने योजना रहेको अख्तियार स्रोतले जनाएको छ ।
अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले टोली स्थलगत रुपमा अध्ययनका लागि गएको र सबै प्रमाण संकलन गर्ने बताए ।














Discussion about this post