विराटनगर : विराटनगरमा गाडीबाट हामफाल्दा एक जना यात्रुको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार राति कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका ३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीबाट हामफाल्दा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका २ का २२ वर्षीय युवराज खतिवडाको मृत्यु भएको हो ।
गाडीमा सवार रहेका बेला हामफालेर ओर्लन खोज्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खतिवडाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post